मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • विस्फोटको सूचनापछि नयाँ दिल्लीमा रहेको इजरायली दूतावासमा अर्धसैनिक बल तैनाथ

विस्फोटको सूचनापछि नयाँ दिल्लीमा रहेको इजरायली दूतावासमा अर्धसैनिक बल तैनाथ

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

नयाँ दिल्ली- नयाँ दिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा  विष्फोट भएको सूचनापछि अर्धसैनिक बल दूताबास बाहिरको क्षेत्रमा तैनाथ गरिएको छ। 

National life

प्रहरीका अनुसार दूताबासमा दुई दिन पहिले विस्फोट भएको भन्ने खबर प्रहरीलाई आएपछि प्रहरी त्यहाँ पुगेको हो। दूतावास क्षेत्र वरिपरि बिहीबार आवतजावत प्रतिबन्धितको साथै अर्धसैनिक बलहरूको तैनाथी गरेको  दृश्यहरू देखिएका छन्।  

दिल्ली प्रहरीलाई मङ्गलबार चाणक्यपुरी कूटनीतिक क्षेत्रस्थित इजरायली दूतावास नजिकै ‘विस्फोट’ भएको फोन आएको थियो। तर अधिकारीहरूले घटनास्थलमा त्यस्तो केही नभेटिएको बताएका थिए।  विष्पोट भएको सूचनासहितको फोन दिल्ली फायर सर्भिसले साँझ छ बजे प्राप्त गरेको थियो।

बुधबार घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई खटाइएको थियो। अनुसन्धानका लागी दिल्ली  प्रहरीले  सीसीटीभी फुटेज जाँच पछि दुई ‘संदिग्ध’ लाई नियन्त्रण गरेको छ। यद्यपी अधिकारीहरूले उनीहरूको संलग्नता भने पुष्टि गरेका छैनन्।

स्रोतका अनुसार मङ्गलबार साँझ इजरायली दूतावास नजिकै घुमिरहेका दुई व्यक्ति ‘विस्फोट’ घटनाका शङ्कास्पद व्यक्तिका रूपमा देखा परेका छन्। स्रोतका अनुसार ‘सीसीटीभी फुटेजमा दुईजना व्यक्तिहरू घटनाको समयमा उक्त क्षेत्रमा घुमिरहेका देखिन्छन्। घटनामा उनीहरूको भूमिका भने अझै प्रष्ट हुन सकेको छैन। थप अनुसन्धानपछि उनीहरू घटनाको समयमा त्यस क्षेत्रमा के गर्दै थिए प्रष्ट हुनेछ।  

Laxmi sunrise bank
kumari

प्रहरीले  संदिग्ध व्यक्ति कसरी त्यहाँ पुगे र के गरे भन्ने पत्ता लगाउन वरपरका सीसीटीभी जाँच गरिरहेको छ। प्रहरीले उनीहरूकोे पहिचानको लागि पनि प्रयास गरिरहेको  बताएको छ।  दिल्ली प्रहरीले मङ्गलबार साँझ ‘विस्फोट’ बारे जानकारी सम्बन्धमा इजरायल दूतावास नजिकै राजदूतलाई सम्बोधन गरेको पत्र फेला पारेको छ। 

इजरायली दूतावासलाई अङ्ग्रेजीमा लेखेको पत्रमा  धम्कीपूर्ण शब्दहरू प्रयोग गरिएको थियो। चिठीमा नाम लेखिएको समूह सर अल्लाह रेजिस्टेन्सको खोजी भएको स्रोतले बताएको छ।   

प्रकाशित: Dec 28, 2023| 14:46 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्