आइतबार, असार १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ईपीएस कोरिया शाखाविरुद्ध मुद्दा दिएका १८ जनालाई शुक्रबार ३ बजेसम्म सम्पर्क गर्न आह्वान 

ईपीएस कोरिया शाखाविरुद्ध मुद्दा दिएका १८ जनालाई शुक्रबार ३ बजेसम्म सम्पर्क गर्न आह्वान 

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

काठमाडौं- अन्य क्षेत्रतर्फ सामेल भइसके पनि उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चरिङ सेक्टर) मा पनि  कोरियन भाषा परीक्षाको फाराम भर्न पाउनुपर्ने माग राखी अदालतमा निवेदन दिएका १८ आवेदकलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले बोलाएको छ। 

National life

म्यानुफ्याक्चरिङ सेक्टरतर्फ कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गर्दै गत मंसिर १९ गते प्रकाशन गरेको सूचनाविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका सुरज पाठकसमेत १८ जनालाई ईपीएस कोरिया शाखाले यही पुस १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र सम्पर्क गर्न अनुरोध गरेको हो।

उक्त दिन तोकिएको समयभित्र ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखामा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिपबिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिएर आउन भनिएको छ। 

ईपीएस शाखाको सूचनामा भनिएको छ, ‘तोकिएको मितिमा सम्पर्क हुन नआएको खण्डमा यस शाखा जवाफदेही नहुने बेहोरासमेत अनुरोध छ।’

ईपीएस शाखाले गत मंसिर १९ गते म्यानुफ्याक्चरिङ सेक्टरतर्फ कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन गरेको थियो भने सन् २०२३ भित्र अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाका लागि आवेदन दिएका आवेदकले यस (म्यानुफ्याक्चरिङ सेक्टर) मा फर्म भर्न नपाउने सर्त राखिएको थियो। 

Shivam cement

तर त्यसविरुद्ध सन् २०२३ मा सिपबिल्डिङ सेक्टरमा सामेल भएका सुरज पाठकसमेत १८ जनाले म्यानुफ्याक्चरिङ सेक्टरतर्फ पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै ईपीएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा निवेदन दिएका थिए। 

यसको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यही पुस ५ गते निवेदनकहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। विपक्षीहरूको नाममा जारी अन्तरिम आदेशमा २०८०/८/१९ को सूचनाबमोजिम २०८०/९/२ गते खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउन र निवेदकहरूलाई आवेदन फाराम भर्न दिन भनिएको छ। 

सोबमोजिम ईपीएस कोरिया शाखाले सिपबिल्डिङ सेक्टरमा सामेल भइसकेका उनीहरूलाई म्यानुफ्याक्चरिङ सेक्टरतर्फ पनि कोरियन भाषा परीक्षाको फर्म भर्न बोलाएको हो। 

प्रकाशित: Dec 28, 2023| 16:40 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्