मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गरिँदै, काम गर्न नसक्‍नेलाई राजीनामा दिन चेतावनी 

प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गरिँदै, काम गर्न नसक्‍नेलाई राजीनामा दिन चेतावनी 

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षा अनुसार काम गरिने र आज नै प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गरिने बताएका छन्। प्रधानमन्त्री कार्यालयमा बिहीबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अब कामका आधारमा मूल्यांकन हुने बताएका हुन्।

National life

उनले भने, ‘म अलिक उदार भएँ। मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु। पहिला तपाईंहरूले यो कुरा आत्मसाथ गर्नुहोला’, उनले भने, ‘मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला। नियमित अपडेट हुनुहोला। आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं। अरू काम पनि क्रमशः अगाडि बढ्छन्। सम्बोधन अक्षरशः पालना गरिन्छ।’

प्रधानमन्त्री प्रचण्डले काममा नयाँ गति ल्याउन छलफल भइरहेकोसमेत बताएका छन्। उनले थपे, 'यो सामान्य छलफल होइन, काममा नयाँ गति ल्याउन छलफल गरिएको हो। यो छलफलको सुरूवात हो, अन्त्य होइन। जनताका लागि अझ राम्रो काम गर्ने संकल्पका साथ यो छलफल प्रारम्भ गरिएको हो। मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउँछन्। यसमा सचेत हुनुहोला।'

प्रधानमन्त्री प्रचण्डले जनताको आशा बचाउन गम्भीररुपमा काम गर्नुको विकल्प नभएकोसमेत उनले बताएका छन्। भने, ‘नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा गुणात्मक परिवर्तन गर्दैछौं। योजना आयोग र अर्थ मन्त्रालयले पनि यो कुरा राम्रोसँग मनन गर्नुहोला। हाम्रो जिम्मेवारी राष्ट्र बनाउनु छ, जनताको आशा बचाउन पनि हामीले गम्भीर रूपमा काम गर्नुपर्छ। यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला। हामीले काम गर्न सक्दैनौं भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला।’

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको निर्माण कार्यलाई उच्च प्राथमिकतामा दिइएको बताए। नागढुंगा सुरूङमार्ग निर्माण अपेक्षित गतिमा अगाडि बढेको, हुम्ला सदरमुकाम सिमकोटसम्म सडक बिस्तार र कालोपत्रेलाई प्राथमिकता दिइएको उनले बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 28, 2023| 14:21 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्