शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले गर्‍यो राष्ट्रिय सभाको उम्मेदवारका लागि निर शाहलाई सिफारिस 

कांग्रेसले गर्‍यो राष्ट्रिय सभाको उम्मेदवारका लागि निर शाहलाई सिफारिस 

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहलाई सिफारिस गरेको छ। 

नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए। अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन्। 

शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ। राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ। पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ। राष्ट्रिय सभा निर्वाचन यही माघ ११ गते हुने भएको छ। 

यसका लागि नेपाली कांग्रेसले हरेक प्रदेशबाट नाम सिफारिस माग गरिरहेको छ। 

प्रकाशित: Dec 27, 2023| 17:48 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्