काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहलाई सिफारिस गरेको छ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए। अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन्।
शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ। राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ। पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ। राष्ट्रिय सभा निर्वाचन यही माघ ११ गते हुने भएको छ।
यसका लागि नेपाली कांग्रेसले हरेक प्रदेशबाट नाम सिफारिस माग गरिरहेको छ।