सोमबार, चैत ३०, २०८२

जनतालाई भ्रममा पार्न षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन्।

National life

नेकपा (माओवादी केन्द्र) विशेष रूपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले गणतन्त्र विराेधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिएका छन्। उनले विशेष रूपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभइ जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठूलो बलिदानीपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताए। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गरेका छन्। 

प्रधानमन्त्री दाहालले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिएका छन्। फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको बताए। 

वर्तमान सरकारले मिटरब्याजीको शोषणलाई अन्त्य गरेर पीडितलाई  अत्याचारबाट मुक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने बताएका छन्। 

kumari

उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण टुङ्गो लागेको र उक्त आयोजना निर्माण हुँदैन कि भन्ने चिन्ता नगर्न समेत पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई अपिल गरे।

प्रकाशित: Dec 27, 2023| 14:53 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्