काठमाडौं- वालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल जारी छ।
बैठकमा समाजवादी मोर्चाको संरचना विस्तार आगामी कार्ययोजनाबारे छलफल र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा मोर्चाका आगामी दिनका रणनीतिका विषयमा छलफल भइरहेको बताइएको छ।