आइतबार, फागुन १७, २०८२

पञ्‍जाबले एक वर्षमा १०० पाकिस्तानी ड्रोन खसाल्यो

 |  मंगलबार, पुस १०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १०, २०८०

पञ्‍जाब - सीमा सुरक्षा बलले यस वर्ष लागुऔषध, हतियार र गोलाबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० वटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ।

बीएसएफले भारतीय भूभागमा लागुऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन–पक्षीय रणनीति’ बनाएको बताएको छ। सेनाहरूले ड्रोन मार्फत लागुऔषधको तस्करी गरिरहेका तस्करहरूलाई  पक्रेका छन्।

हमा पोष्ट का अनुसार  सन् २०२३ मा, बीएसएफ पञ्जाबले भारतमा लागुऔषध तथा गोलालाबारुद तस्कर सहित एक सय वटा पाकिस्तानी ड्रोनहरू सफलतापूर्वक नष्ट गरेको छ। 

ड्रोन, लागुपदार्थ तथा हतियार लगायत, बीएसएफले तस्करहरूलाई पनि सफलतापूर्वक पक्राउ गरेको आफ्नो पोस्टमा उल्लेख गरेको छ। 'बीएसएफले लागुऔषध आपूर्तिमा कटौती गर्न तथा लागुऔषध दुरुपयोग विरुद्ध सचेतना बढाई युवाहरूलाई सशक्त बनाउन तीन–पक्षीय रणनीति लागू गरेको छ।'

यसैबीच, बीएसएफले सोमबार अमृतसरमा ड्रोन मार्फत तस्करीको प्रयासलाई विफल पार्दै चार सय ३४ ग्राम हेरोइन बरामद गरेको जानकारी दिएको छ। अधिकारीहरूका अनुसार पाकिस्तानी ड्रोनले भारतीय हवाई क्षेत्रको उल्लङ्घन गरेपछि बीएसएफका जवानहरूले खोजी अभियान सुरु गरेका थिए।

kumari

प्रकाशित: Dec 26, 2023| 21:45 मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्