आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

श्रीलंकाले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

 |  मंगलबार, पुस १०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १०, २०८०

कोलम्बो- श्रीलंकाले विदेशमा कार्यरत ३० श्रीलङ्काली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने  भएको छ।

triton college

श्रीलंकाका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मङ्गलबार  देशले बाहिरबाट ३० जना श्रीलङ्काली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान सुरु गरेको बताएका छन्। 

यी अपराधीमध्ये २९ जना दुबई, संयुक्त अरब इमिरेट्स (युएई) र एक जना फ्रान्समा रहेको मन्त्रीले पत्रकारहरूलाई जनाकारी गराएका छन्। श्रीलंका सरकारले यी अपराधीहरूलाई पक्राउ गर्न 'रेड नोटिस' प्राप्त गरेको र हाल युएई र फ्रान्ससँग छलफल गरिरहेको उनले बताएका हुन्। 

मन्त्रीका अनुसार अपराधीहरूले विगत केही दशकअघि श्रीलङ्का छोडेका थिए। श्रीलङ्बामा  रहँदा पनि उनीहरू सङ्गठित अपराधमा संलग्न रहेको अनुसन्धानले देखाएको छ।

प्रकाशित: Dec 26, 2023| 21:30 मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्