शुक्रबार, भदौ १९, २०८३

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसबाट सुजातासहित नौ जना सिफारिस

 |  मंगलबार, पुस १०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १०, २०८०

काठमाडौं- आशन्न राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ।

प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाई केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो।

सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चार जना परेका छन्। पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ।

यसैगरी पूर्व संघीय सांसद डिला संग्रौला, नेविसंघका पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्‍गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिस भएको छ।

राष्ट्रियसभामा रिक्त हुने पदको पूर्ति गर्ने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुनेछ।

प्रकाशित: Dec 26, 2023| 14:44 मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्