शुक्रबार, भदौ १९, २०८३

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

 |  मंगलबार, पुस १०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १०, २०८०

कीभ- युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।

वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनले दाबी गरेको छ। फिओडोसिया रूसी नौसेनाको कब्जा गरिएको क्रिमियन प्रायद्वीपस्थित आधार शिविर हो।

स्रोतले बताए अनुसार सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशंका गरिएको छ।
वायुसेना कमान्डेन्ट माइकोला ओलेचचौकले फिओडोसियामा रहेको रुसी नौसैनिक आधारमा भएको ज्वलन्त विस्फोटको भिडियो पोस्ट गरेका छन्।   -एएफपी

प्रकाशित: Dec 26, 2023| 12:56 मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्