सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पर्वहरूले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका छन् : सभापति देउवा

पर्वहरूले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका छन् : सभापति देउवा

 |  मंगलबार, पुस १०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १०, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाठौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका उल्लेख गरेका छन्।

किराँत समुदायको सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको बताए। उनले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर तथा सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सद्भावयुक्त परम्परा रहेको उल्लेख गरे।

सभापति देउवाले पर्वहरूले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: Dec 26, 2023| 09:59 मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्