मंगलबार, पुस १, २०८२

सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ : उपसभामुख रानामगर

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

बनियानी-  प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएकी छन्।

National life

नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताइन्।

विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरूले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ थियो। ‘हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरूलाई अघि बढ्न म आग्रह गर्दछु’, उनले भनिन्, ‘लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ।’ उनले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुत हुनुपर्ने उल्लेख गरिन्। 

कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोविन्दचन्द क्षेत्री र मोहन ढुङ्गानालाई सम्मान गरिएको थियो। उनीहरूलाई प्रमुख अतिथि रानामगरले सम्मानपत्र प्रदान गरिन्। कार्यक्रममा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि रू १० लाख सहयोग प्रदान गरेका थिए।

कार्यक्रममा सम्मानित एवं संस्थापक सचिव बराल र कोषमा सहयोगकर्ता विनोद बस्नेतले शुभकामना मन्तव्य राखेका थिए। महासङ्घ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सुशीला सङ्ग्रौला, औचित्यमाथि प्रकाश उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2023| 18:45 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्