मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार बन्‍न स्‍नातक उतीर्ण र उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने

प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार बन्‍न स्‍नातक उतीर्ण र उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेदवार बन्‍नका लागि स्‍नातक उतीर्ण हुनुपर्ने र उमेर ६५ वर्ष नघाघेको व्यक्ति उमेदवार बन्न पाउने कानुनमै व्यवस्था गर्नुपर्ने सुझाव पेश गरेको छ। 

National life

आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको १७औँ वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बन्‍नका लागि शैक्षिक योग्यता कम्तीमा स्‍नातक उतीर्ण गरेको हुनुपर्ने र ६५ वर्ष ननाघेको हुनुपर्ने सुझाव दिएको छ। 

त्यसैगरी आयोगले उम्मेदवारी दर्ता अनलाइनमार्फत गर्नुपर्ने सुझाव आएको जनाएको छ। आयोगले निर्वाचनको बेलामा भएका कार्यशालामा आएका सुझावलाई प्रतिवेदनमा समेटेको छ । जसमा राजनीतिक दल र उमेदवारबीच सद्भावको अभाव औंल्याएको छ । कम्तीमा स्नातक उत्तीर्ण गरेको र ६५ वर्ष नघाघेको व्यक्ति उमेदवार बन्न पाउने कानुनमै व्यवस्था गर्नुपर्ने सुझाव आएको उल्लेख छ। 

प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ०.५ प्रतिशत र प्रत्यक्षतर्फ कुल सदस्यको १० प्रतिशत उमेदवार नदिने राजनीतिक दलको दर्ता खारेजी गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ।

411753458_749495463690113_5429366120861712177_n-1703503312.png
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2023| 17:07 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्