शुक्रबार, भदौ १९, २०८३

चाडपर्वहरूले एकता र मेलमिलापको आधार गर्छ : सभापति देउवा

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरे। सभापति देउवाले यी चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन्। 

उनले क्रिसमस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: Dec 25, 2023| 09:23 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्