शुक्रबार, भदौ १९, २०८३

हत्या मुद्दामा सफाइ पाएका एमाले सांसद कोइरीको निलम्बन फुकुवा

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।

कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो। अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए।

फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी सांसद् पदबाट निलम्बनमा थिए।

गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो। सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए।

Laxmi-Mahato-Koiri-Nilamban-Fukuwa-1703419503.jpg

प्रकाशित: Dec 24, 2023| 17:45 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्