शनिबार, पुस ५, २०८२

कृष्णप्रसादलाई यसरी सम्झिए कांग्रेस उपसभापति खड्काले

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कृष्णप्रसाद भट्ट्रराई देश र जनताका लागि अविचलित भएर लडेको बताएका छन्। सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा कांग्रेसले आज आयोजना गरेको विमर्श सभामा उनले भट्टराईलाई सम्झिएका हुन्।

National life

खड्काले भने, 'किसुनजीले नेपाली राजनीतिमा दिनुभएको मार्गदर्शन फलो गरेर हिँड्न निकै गाह्रो छ। एक पाइलो पनि अघि बढाउन सकिन्नँ। विसंगतिको चाङमा उभिएर किसुनजीको आदर्शमा हेर्न सकिन्न। जीवन र दर्शनका मौलिक प्रयोगमार्फत जीवन पाठ सिकाउनुभएको छ। जीवनमा सधैंभरी आफ्ना कर्महरुलाई पूरा गर्ने व्यवहारिकता गजबको छ। एक वर्षभन्दा कम समयमा संविधान निर्माण गरेर संसारलाई नै चकित पार्ने खालको नेतृत्व उहाँमा थियो। किसुनजीको दिक्षामा हुर्किन पाएको भाग्यमानी कार्यकर्ता हुँ। चुनाव हारको कारण थाहा हुँदा पनि उहाँले कसैलाई आरोपित गर्नुभएन। पार्टीमा विभाजन आउने स्थिति हुँदा पनि पार्टी विभाजन गर्नुभएन। त्यसपछि काले बाहुनले धोका दियो भनेर गणेशमान सिंहले भन्नुहुन्थ्यो।

सुराई र कन्तुरलाई जीवन पद्धति बनाउनुभयो। किसुनजी नेतृत्वको सरकारमा सहभागी हुने सन्दर्भमा गृहमन्त्री बनाउने विषय पेचिलो भयो। त्यसपछि एक महिनासम्म गृहमन्त्री आफैं राख्नुभयो। मैले कांग्रेसमा सिनियर जुनियरको कुरा हुन्छ विवादमा पर्न चाहन्न भन्दा पछि उहाँले विश्वास गरेर जिम्मेवारी दिइएको छ। तपाईंको दाउरामा कालो दाग नलागोस् भनेर भन्नुभएको याद छ। केपी ओलीले संसद् विघटनको फैसलाभन्दा दुई दिन अगाडि मलाई लगेर सभापतिको घरमा पुगेर सिंहदरबार पुर्याएर जानुभयो।

 

प्रकाशित: Dec 24, 2023| 14:46 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्