शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भट्टराईको जन्मजयन्ती कार्यक्रममा कांग्रेसका दुवै महामन्त्री अनुपस्थित

भट्टराईको जन्मजयन्ती कार्यक्रममा कांग्रेसका दुवै महामन्त्री अनुपस्थित

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- नेपाली कांग्रेसले आज सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा विमर्श सभा आयोजना गरेको छ। कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसुनजीको योगदान’ विषयक कार्यक्रम गरेको हो।

National life

सानेपास्थित कांग्रेस मुख्यालयमा भएको सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारी र अन्य विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्नेछन्। कार्यक्रममा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने अनुपस्थित छन्।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिद्वयव पूर्णबहादुर खड्का र धनराज गुरुङ लगायत उपस्थित छन्।

वि.सं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो। नेपाली कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन्।

प्रकाशित: Dec 24, 2023| 14:23 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्