सोमबार, चैत ३०, २०८२

कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्ती मनाइँदै

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

National life
kumari

काठमाडौँ- नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा आज विमर्श सभा गर्दै छ। कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो।

सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्नेछन्। दिउँसो कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री नीलाम्बर आचार्य र विश्लेषक सिके लालबिच विशेष अन्तरक्रिया हुनेछ। 

अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नेछन्। वि.सं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो। नेपाली कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन्। 

प्रकाशित: Dec 24, 2023| 08:27 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्