शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गुटबन्दी अन्त्य गर्ने प्रदीप पौडेलको सुत्र : साधारण सदस्यको मतदानबाट सभापति चयन

गुटबन्दी अन्त्य गर्ने प्रदीप पौडेलको सुत्र : साधारण सदस्यको मतदानबाट सभापति चयन

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गुटबन्दीका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन्। उनले गुटबन्दी अन्त्यका लागि पार्टीमा केन्द्रीय सदस्यदेखि सभापति चयनका लागि पार्टीको साधारण सदस्यले नै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्। 

National life

शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टीमा गुटबन्दी समाप्त नभएको अवस्थामा सधैंपरी द्वन्द्व रहिरहने बताएका हुन्। 

उनले ८ लाख ६६ हजार कांग्रेस सदस्यले सभापतिका लागि मतदानको व्यवस्था गर्ने हो भने पार्टीभित्र गुटबन्दी समाप्त हुने उल्लेख गरे।  पौडेलले भने– ‘हामीले समावेश पार्टी बनाउने हो भने सबै कुरा पार्टीको सदस्यले गर्न पाउनुपर्छ। सबै कुराको अधिकार पार्टीको सदस्यलाई हुनुपर्छ। त्यसैले केन्द्रीय सभापति निर्वाचित गर्दै गर्दा एउटा क्षेत्रबाट नेतृत्व गर्ने २५ जनाले होइन देशैभरका नेपाली कांग्रेसका सदस्यहरूले भोट हालेर केन्द्रीय सभापति निर्वाचित गर्ने व्यवस्था गरिनुपर्छ। किनकि अहिलेको प्रणालीले पार्टीभित्र गुटबन्दी हुर्कायो, एउटा क्षेत्रमा २५ जना प्रतिनिधि हुन्छन्, १३ जनाले जसलाई भोट हाल्छ त्यो सभापति हुन्छ अनि १२ जनाले भोट हाल्छ त्यो प्रतिपक्षमा रहन्छ। अनि त्यसैका बीचमा सँधैभरि द्वन्द्व हुन्छ।’ 

नेता पौडेलले सभापति र महामन्त्री लड्ने व्यक्तिले केन्द्रबाटै आफ्नो पक्षमा भोट बढाउने काम गर्न गुटको मान्छे पठाउने र उसको राजनीतिक भविष्य सुरक्षित गर्छु भनेर भन्ने गरेको उनले बताए। आफ्नो गुटको जित भएपछि नेताहरू माला लगाएर बस्ने गरेको टिप्पणी गरे। 

हिजो कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्दा कार्यकर्ता आधारलाई प्रमुखता दिएर पार्टी बनाएको, २०४८ देखि २०५१ सालसम्म राजनीतिक नियुक्ति गर्दा व्यवसायिकतालाई प्रमुखता बनाएको तर कम्युनिस्टहरू सरकारमा जाँदा उनीहरुले आफ्ना कार्यकर्तालाई विभिन्न पदमा लगेको  र उनीहरूबाट कांग्रेसले पनि सिकेर विश्वविद्यालयको भिसीदेखि लिएर सबै ठाउँमा आफ्ना मान्छेलाई भर्ती गरेको बताए। 

Laxmi sunrise bank
kumari

उनले भने, ‘पार्टीभित्रको पनि आफ्नो गुटको नियुक्त गर्‍यौँ, गुटको पनि सबैभन्दा नजिकको खकार जाँचेर निष्कर्ष निकाल्ने र आफूबाहेक अन्त कतै नजानेलाई, आफ्नालाई जेपनि गर्ने त्यस्ता मान्छे खोजी खोजी भर्ती गर्‍यौँ। जसले गर्दा कम्युनिष्टहरुले चाहेको जस्तै समाजमा व्यापक रुपमा राजनीतिकरण हुन थाल्यो। अब्बल र सक्षम व्यक्तिले नेतृत्व गर्ने परिस्थिति बन्न सकेन। हामीले देशलाई राजनीतिकरण गर्‍यौँ त्यो कम्युनिस्टबाट सिकेको कुरा थियो।’ 

उनले कम्युनिस्टसँग प्रतिस्पर्धा गर्नका लागि उनीहरूकै शैलीमा राजनीतिकरणमा लागे पनि आज कम्युनिस्ट भन्दा बाहिरका नयाँ दलसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा कांग्रेस आइपुगेको बताए। 

प्रकाशित: Dec 23, 2023| 18:00 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्