शुक्रबार, भदौ १९, २०८३

भाषण गर्दागर्दै खोया प्रहार भएपछि रविले भने- काम गरेर देखाउँछु

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो। लमजुङका सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई खोया प्रहार गरेका हुन्।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ। अनुसन्धानका क्रममा रानाभाटले आफूले रविलाई ताकेर प्रहार नगरेको प्रारम्भिक बयान दिएका छन्।

आफूमाथि प्रहार भएपछि लामिछानेले राम्रो काम गरेर आफूप्रति उनलाई (प्रहारकर्तालाई)सकारात्मक बनाउने बताए। ‘ढुंगाले स्वागत गर्नेलाई म काममार्फत जवाफ दिएर आफूप्रति सकारात्मक बनाउँछु,’ उनले भने।

 

प्रकाशित: Dec 23, 2023| 17:21 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्