शनिबार, पुस ५, २०८२

३ रुसी लडाकू विमान खसालेको युक्रेनी सेनाको दाबी

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

काठमाडौं- युक्रेनको सेनाले दक्षिण क्षेत्रबाट तीनवटा रुसी लडाकु जेट खसालेको दाबी गरेको छ। 

National life

बमवर्षक सु-२५ जेट विमानहरू खेअर्सन क्षेत्रमाथिबाट खसालिएको युक्रेनको एअर फोर्सले घोषणा गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती विमान खसाल्ने सैनिकहरूलाई धन्यवाद दिँदै उक्त घटना युद्धग्रस्त खेअर्सन क्षेत्रमा भएको बताएका छन्।

यी दाबीहरूबारे मस्कोले कुनै प्रतिक्रिया जनाएको छैन तर प्रभावशाली रुसी ब्लगरहरूले क्षतिबारे उल्लेख गरेका छन्।

आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले विमान खसालिएको घटनाले युक्रेनमा निशाना बनाइरहेका रुसी पाइलटहरूलाई "कोही पनि सजाय नपाईकन नजाने" भनेर सजग गराएको बताए।

उनले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेसँग कुरा गरेर भविष्यमा एफ-१६ जेट पठाउनेबारे र नयाँ ईयू सहायता प्याकेजबारे छलफल गरेको बताए।

Laxmi sunrise bank
kumari

मस्कोले जेटहरूको क्षतिका बारेमा प्रतिक्रिया जनाएको छैन तर फाइटरबमर भनेर परिचित युद्धसम्बन्धी एकजना प्रभावशाली रुसी ब्लगरले सङ्ख्या नखुलेका विमानहरूको क्षति भएको जनाउँदै ती सम्भवतः अमेरिकामा बनेका प्याट्रोइट क्षेप्यास्त्रहरूले खसालेको हुनसक्ने भनेका छन्।

ती ब्लगरले बच्न सफल भएका पाइलट र मृतकहरूको शव फेला पारिएको जनाएका छन्। अर्का ब्लगर भोइनी ओस्भेदोमितेलले ती विमानहरू सम्भवतः रुस नियन्त्रित ड्निप्रो नदितर्फ रहेका युक्रेनी आधारहरूमा बम खसाल्न प्रयोग भएको हुनसक्ने बताएका छन्।

सन् २०२२ को फेब्रुअरीयता पूर्ण आकारको अतिक्रमण सुरु गरेको रुसी फौजसँग लडिरहँदा युक्रेनले गोला बारुदको अभाव सामना गरिरहेको छ। हालसम्म सबैभन्दा ठूलो सैन्य सहायता गरिरहेको अमेरिकामा रिपब्लिकन दलका सांसदहरूले युक्रेनलाई युद्धमा थप सहायता दिन अनिच्छुक देखिरहेका छन्।
 

प्रकाशित: Dec 23, 2023| 16:29 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्