शुक्रबार, भदौ १९, २०८३

देश अहिले संक्रमणकालमा छ, कांग्रेस एकबद्ध हुन आवश्यक: देउवा 

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक अहिले संक्रमणकालमा उभिएको बताएका छन्। बागमती प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले मुलुक संक्रमणकालमा रहेकोले नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका हुन्। 

उनले भने, 'कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ। देश अहिले संक्रमणकालमा उभिएको छ। नेपाली कांग्रेस एकताबद्ध भएर मुलुकलाई संक्रमणकालीन अवस्थाबाट मुक्त गराउनुपर्दछ। साथीहरूको त्याग तपस्या र बलिदानले ठूलो पार्टी बन्न सकेको छ। ग्रासरुटदेखि नै बलियो बनाउन सबै साथीहरू लाग्नुहुनेछ भन्‍ने विश्‍वास लिएको छु।'

सभापति देउवाले अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ताप्रति आफ्नो सम्मान रहेको पनि बताएका छन्।  उनले थपे, 'पार्टीमा मेलमिलाप आवश्यक छ। जित्‍ने सधैँ जित्‍ने हार्ने सधैँ हार्ने होइन। पूर्ण रुपमा मेलमिलाप हुन सकेको छैन।' 

प्रकाशित: Dec 23, 2023| 14:24 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्