शुक्रबार, भदौ १९, २०८३

कांग्रेस बागमती प्रदेश सम्मेलन आजदेखि

 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

काठमाडौं-  नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश सम्मेलन शनिबारदेखि काठमाडौंमा हुँदैछ।

सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहान साढे ८ बजे  नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।  

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौंमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए।

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी हुनेछन्। 

प्रकाशित: Dec 23, 2023| 08:20 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्