सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदै छु : प्रधानमन्त्री प्रचण्ड

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदै छु : प्रधानमन्त्री प्रचण्ड

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन्। मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताए।

National life

‘देशभरीको सुकुमबासी समस्या समाधान गर्न कानुनमा जहाँजहाँ बाधा छन्, ती अड्चन फुकाउने र लालपुर्जा वितरणलाई सहज बनाउने प्रक्रिया सुरु गरिसकेको छु’, प्रधानमन्त्री दाहालले भने, ‘सुकुम्बासी समस्याको दिगो समाधानमा सरकार केन्द्रित भएको छ।’ मिक्लाजुङमा किसानले उत्पादन गरेको दूधको भुक्तानी रोकिएको विषयमा आफूले भर्खरै जानकारी पाएको उल्लेख गर्दै उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दुग्ध विकास संस्थानसँग छलफल गरेर किसान पाउनुपर्ने रकम चाँडै नै भुक्तानीको व्यवस्था मिलाइने बताए।

किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै प्रधानमन्त्री दाहालले केही दिनअघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको बताए। 

एक वर्षको अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले अर्को वर्ष नयाँ ढङ्गबाट काम गर्ने दृढता व्यक्त गरे। 

प्रकाशित: Dec 22, 2023| 19:21 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्