शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बागमतीको प्रथम सम्मेलन शनिबार, ११ सयभन्दा बढी सहभागी हुने

कांग्रेस बागमतीको प्रथम सम्मेलन शनिबार, ११ सयभन्दा बढी सहभागी हुने

 |  शुक्रबार, पुस ६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- काठमाडौंमा शनिबार हुने नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा पुस ७ गते हुने सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन्। 

सभापति देउवाले बिहान साढे ८ बजे सम्मेलनको औपचारिकरुपमा समुदघाटन गरेर सुरु गर्ने नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पत्रकार सम्मेलनबाट जानकारी दिएका छन्।

सम्मेलनमा पार्टी सभापति देउवालगायत केन्द्रीय पदाधिकारी र अन्य शीर्ष नेताहरुले समेत सम्बोधन गर्नुहुने कार्यक्रम तालिका छ।

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सासंद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिका र गाउँपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा बागमती प्रदेशका १ सय १९ पालिका सभापतिहरू सहभागी हुने कांग्रेस बागमती प्रदेश प्रवक्ता एवं प्रचारप्रसार समिति संयोजक तिलक रुवालीले बताए।

सम्मेलनमा कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनद्वारा राजनीतिक प्रतिवेदन, महामन्त्री कन्चनचन्द्र वादेले सांगठानिक, महामन्त्री राजु श्रेष्ठले वार्षिक कार्यतालिका तथा कोषाध्यक्ष दीर्घमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता रुवालीले बताए।

पार्टीलाई विधान बमोजिम सञ्चालन, जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न र पार्टीभित्रको आन्तरिक निर्वाचन प्रणाली तथा राज्यको निर्वाचन प्रणालीलाई चुस्त, दुरुस्त थप समावेसी बनाउन सम्मेलनमा छलफल हुने बानियाँले बताए। यसले पार्टीलाई गतिशील र चलायमान बनाउन बल पुग्ने सभापति बानियाँले बताए।

प्रकाशित: Dec 22, 2023| 18:44 शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्