बुधबार, पुस २, २०८२

मर्यादाक्रम नमिलाएको भन्दै सम्मेलनमा सहभागी निधि मञ्‍चमा गएनन्

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेस प्रदेशको पहिलो सम्मेलनमा मञ्‍च बहिष्कार गरेका छन्। पार्टीका पूर्व उपसभापति र पूर्व उपप्रधानमन्त्री रहेका निधिको मर्यादाक्रम नमिलाएको भन्दै सम्मेलनमा सहभागी भए पनि मञ्‍चमा जान अस्वीकार गरेका हुन्।

National life

निधि मञ्चमा नबसी दर्शक दीर्घामा बसेका हुन्। मर्यादाक्रम मिचेर नेताहरूको आसन ग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका बताइएको छ। नेपाली कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएको छ।  सम्मेलन सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका छन्। पदाधिकारीहरूलाई मञ्चमा राखिएको छ।

प्रदेश महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठले नेताहरूलाई मञ्चमा आसन ग्रहणका लागि पटक-पटक आग्रह गरेका थिए। निधिको नाम पटक-पटक लिए पनि उनी मञ्चमा गएनन्।

यसैबीच नेता शेखर कोइराला पनि मधेस सम्मेलनमा गएका छैनन्। सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरी गएका छन्।

प्रकाशित: Dec 21, 2023| 16:19 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्