बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार नाघ्यो

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार नाघ्यो

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

गाजा- गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भए देखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

National life

विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजार भन्दा बढी ब्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी ब्यक्तिहरू बेपत्ता भएका छन्।

इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी  तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ।  

हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

गत अक्टोबर ७ मा इजरायल–प्यालेस्टिनी द्वन्द्वको दोस्रो चरणसुरु भएदेखि यस क्षेत्रमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३०३ तीन पुगेको वाफा नामक प्यालेस्टिनी समाचार संस्थाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ। 

Laxmi sunrise bank
kumari

इजरायली तालिका अनुसार इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदलामा गाजामा निरन्तर आक्रमण गरिरहेको छ।      -सिन्ह्वा

प्रकाशित: Dec 21, 2023| 15:53 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्