बुधबार, वैशाख २, २०८३

म्याद सकिएको औषधि बेचेको भन्दै २ वटा औषधि पसलमा महानगरको शिल

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

National life
kumari

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । यस्तै एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ। 

शिलबन्दी गरिएका पसलहरुमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन्। यसै गरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिन समय दिइएको छ।
 
स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार, दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा शिलबन्दी गर्नु परेको हो।
   
अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो। 

प्रकाशित: Dec 20, 2023| 18:39 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्