शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • युक्रेनविरुद्ध लड्न रुसी सेनामा पठाएको आरोपमा थप ४ जना पक्राउ 

युक्रेनविरुद्ध लड्न रुसी सेनामा पठाएको आरोपमा थप ४ जना पक्राउ 

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं - नेपाली नागरिकलाई युक्रेनविरुद्धको रुसी युद्धमा लड्न रुसको सेनामा भर्ना गराएको आरोपमा थप चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार र बुधबार गरी चार जनालाई पक्राउ गरेको हो। मोरङको विराटनगरका गोविन्द रिमालसहित चार जना पक्राउ परेका हुन्। रिमाल विमानस्थलमा सेटिङ मिलाउने बिचौलिया रहेको प्रहरी स्रोतले जनाएको छ। 

अन्य तीन जनाको पनि संलग्नता देखिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरिसकेको छ। यीमध्ये ५ जना मुख्य अभियुक्त रहेको अनुसन्धानबाट खुलेको छ। परिसरमा १५ जना पीडितले उजुरी गरेका छन्।

रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका ६ जनाको मृत्यु भएपछि सरकारले अवैधरूपमा पठाउने गिरोहबारे अनुसन्धान सुरु गरेको हो।

प्रकाशित: Dec 20, 2023| 18:06 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्