शनिबार, भदौ २०, २०८३

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्। 

संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि सिफारिस भएका उनीहरूलाई सिफारिस भएको भोलिपल्टै (बुधबार) राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनेमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौँडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्। 

न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो। 

nyadyadis-1703068712-1703071407.jpg

प्रकाशित: Dec 20, 2023| 17:08 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्