शनिबार, भदौ २०, २०८३

वीरगञ्ज महानगरले हटायो स्वयंसेवक शिक्षक

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयंसेवक शिक्षकलाई सेवाबाट हटाएको छ। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयम्सेवक शिक्षकलाई हटाइएको जानकारी दिए। नगर शिक्षा समितिको मङ्गलबार बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयंसेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो। 

महानगरपालिकाले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा एक सय ५७ स्वयंसेवक शिक्षक राखेको थियो। 

प्रकाशित: Dec 20, 2023| 16:02 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्