काठमाडौं- यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ। आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको जहाजको शौचालयमा शिशु मृत भेटिएको हो।
प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ। यात्रुहरुका अनुसार ती महिला करिब १५ मिनेट विमानको शौचालयमा बसेकी थिइन्। महिलाको परिचय खुलेको छैन।