शनिबार, भदौ २०, २०८३

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ। समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो। 

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो। यस विषयमा मङिसर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो।
  
न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो। 

प्रकाशित: Dec 20, 2023| 14:32 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्