शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • छात्रालाई दुर्व्यवहार गरेको आरोपमा ह्वाइटहाउस कलेजका कर्मचारी पक्राउ

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा ह्वाइटहाउस कलेजका कर्मचारी पक्राउ

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- तीनकुनेस्थित ह्वाइट हाउस कलेजका एक कर्मचारी छात्राहरूमाथि दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्। 

परीक्षा चलिरहेका बेला चेकजाँचका नाममा छात्राहरूको संवेदनशील अंगमा हात हालेको र कपाल पनि लुछेको आरोप उनीमाथि लागेको छ।

उक्त कलेजका डीआई कृष्ण नेपालविरुद्ध विद्यार्थीले उजुरी दिएपछि बानेश्वर वृत्तले पक्राउ गरेको हो। विद्यार्थीहरूमाथि यौन दुर्व्यहार आरोप लागेका ती कर्मचारी अहिले हिरासतमा छन्।

उक्त कलेजमा डिसिप्लिन इन्चार्ज (डीआई) को भूमिकामा रहेका ती कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले मंगलबार बानेश्वर वृत्त घेराउ गरेका छन्।

उक्त घटनापछि विद्यार्थीहरूले मंगलबार बिहानैदेखि बानेश्वर वृत्तमा घेराउ गरेका थिए। 

प्रकाशित: Dec 19, 2023| 18:30 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्