मंगलबार, पुस १, २०८२

भारतको संसद्‌बाट शशि थरुरसहित १४१ विपक्षी सांसद निलम्बन 

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- भारतमा मंगलबार लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएसँगै निलम्बनमा पर्ने सांसदको संख्या १४१ पुगेको छ। संसद् बैठकमा अवरोध गरेको भन्दै नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम बिरलाले निलम्बन गरेका छन्।

National life

सोमबार एकैदिन लोकसभाका ३३ र राज्यसभाका ४५ गरी ७८ विपक्षी सांसद निलम्बनमा परेका थिए। यो संख्या भारतीय संसदीय इतिहासकै सबैभन्दा धेरैसमेत हो। सन् १९८९ मा तत्कालीन राजीव गान्धी नेतृत्वको सरकारमा एकैपटक ६३ विपक्षी सांसद निलम्बनमा परेका थिए।

त्यतिबेला इन्दिरा गान्धीको हत्याको अनुसन्धानका लागि गठित न्यायाधीश ठक्कर आयोगको रिपोर्ट पेश गर्न भन्दै विपक्षी सांसदहरूले संसद्मा अवरोध गरेका थिए। अहिले पनि विपक्षी सांसदले संसद्‍मा भएको आक्रमणका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ माग्दै आएका छन्। त्यसक्रममा उनीहरूले संसद् बैठकमा नाराबाजी र प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका छैन।

एक साता अगाडि गत बुधबार दुई जना युवाहरू दर्शकदिर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए। उनीहरूले पहलो रंगको धुँवा संसद्‍मा फैलाएका थिए। संसद् भवनमा आतंकवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर केही युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका थिए। १३ डिसेम्बर २००१ का दिन संसद् भवनमाथि आतंकवादी हमला भएको थियो।

घटना भएको अर्को दिनदेखि नै विपक्षी सांसदहरूले सरकारलाई घेर्दै संसद्‍मा विरोध प्रदर्शन थालेका थिए। त्यसदिन नै लोकसभाबाट १३ र राज्यसभाबाट १ जना गरी १४ सांसदलाई निलम्बन गरिएको थियो। पछिल्लो समय उक्त निलम्बनलाई खारेज गरिनुपर्ने मागसमेत थपेर विपक्षी सांसदहरूले संसद्‍मा नाराबाजी गरिरहेका बेला ठूलो संख्यामा थप सांसद निलम्बनमा परेका हुन्।

Laxmi sunrise bank
kumari

शीतकालीन सत्रका लागि जम्मा लोकसभा र राज्यसभा गरी १४१ सांसद निलम्बनमा परिसकेका छन्। यतिबेला लोकसभामा सांसदहरूको संख्या ५ सय ३८ छ। त्यसमा विपक्षी गठबन्धनसँग १ सय ४२ सांसद छन्। त्यस्तै, राज्यसभाको २ सय ४५ जनामध्ये विपक्षी गठबन्धनको सांसदको संख्या ६४ छ। त्यसमा ४६ जना निलम्बित भएका छन्।

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेले गम्भीर सुरक्षा त्रुटिका बाबजुद गृहमन्त्री संसद्‍मा बयान दिनुको साटो विपक्षी सांसदहरूलाई निलम्बन गरिएको बताएका छन्। 'मलाई दु:ख छ इतिहासमा पहिलोपल्ट यति धेरै सांसदलाई निलम्बन गरिएको छ। यो लोकतन्त्रको धज्जी उठाउनुजस्तै हो। सदनको मर्यादामा पनि यसले गहिरो असर पुगेको छ,' उनले भनेका छन्।

४ नोभेम्बरबाट प्रारम्भ भएको शीतकालीन सत्र तीन दिनपछि २२ डिसेमबरमा सकिँदैछ। यस सत्रमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू सरकारले पारित गराउने योजना बनाएको छ। विपक्षीको विरोधले त्यसमा अवराध हुने देखिएपछि सत्तारुढ दलबाट निलम्बनको प्रस्ताव ल्याइएको हो।

प्रकाशित: Dec 19, 2023| 18:10 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्