मंगलबार, पुस १, २०८२

चितवनमा ३९६ किलो गाँजासहित २ जना पक्राउ

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं - चितवन प्रहरीले ३९६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका-१ स्थित लोकमार्ग सडक खण्डमा बुधबार भारतीय ट्रकबाट उक्त गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

National life

पक्राउ पर्ने दुवै जना भारतीय हुन्। उनीहरू सम्बल जिल्ला बैजई थाना पूरा गाउँ बस्ने वर्ष ४५ को अनिल गिरी र साेही जिल्लाको केलादेवी थाना अपावती कुतवपुर गाउँ बस्ने वर्ष ३७ को राजपाल सिंह हुन्। गिरी ट्रक चालक हुन् भने सिंह पनि सोही ट्रकमा सवार थिए।

मुग्लिङबाट नाराणगढतर्फ आउँदै गरेको भारतीय जे.एच. ०२ डब्लु ९६३१ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाएर गाँजा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्लास्टिकले बेरिएका २८ वटा पोका बनाई ल्याएको गाँजा र ट्रकसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 19, 2023| 17:14 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्