शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अपार्टमेन्टमा आगलागी हुँदा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

अपार्टमेन्टमा आगलागी हुँदा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

मंगोलियाको राजधानी उलान बटोरमा मंगलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। त्यहाँको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएअनुसार बिहान ७ बजे आगलागी भएको हो।

दक्षिणी जिल्ला खान–उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको बताइएको छ। आगलागीमा चार बालबालिकासहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन्।

उपचारका क्रममा  घाइते अन्य दुईको पनि ज्यान गएको छ। आगलागीको कारण पत्ता लागिसकेको छैन।

प्रकाशित: Dec 19, 2023| 15:19 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्