काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार रूपन्देही, सैनामैना नगरपालिका-६ दुधराक्षस्थित सडकमा लु.७७ प ४९५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया खिमकला घिमिरेको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापा, कनकाई नगरपालिका-४ कोटिहोमस्थित सडकमा प्र.१-०१-०१३ प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ६५ वर्षीय कर्ण बहादुर रायको सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
कैलाली, कैलारी गाउँपालिका-७ बर्का बसन्तास्थित सडकमा बा.८१ प ४२९८ नम्बर र से.५ प ४७७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा बा.८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय शिसिर चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका से.५ प ४७७४ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ।
पर्वत, कुश्मा नगरपालिका-८ चुवा चाईना चोकमा ग.२१ प ९५ नम्बरको स्कुटर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ खौला बस्ने २८ वर्षीय सागर कार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।
चितवन, भरतपुर महानगरपालिका-४ यज्ञपुरी चोकमा बा.प्र-०६-००२ प २०७३ नम्बरको मोटरसाइकल र बा.१९ च ३४६४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१२ गोन्द्राङ बस्ने २१ वर्षीय राम कृष्ण थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।