सोमबार, असार १५, २०८३

विराटनगरबाट तीन महिनाअघि हराएका तीन बालबालिका भारतमा भेटिए

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०
National life
Shivam cement

मोरङको विराटनगर महानगरपालिकाबाट हराएका तीन जना बालबालिका तीन महिनापछि भेटिएका छन्। विराटनगर महानगरपालिका वडा नम्बर १८ र १९ बाट भदौ १० र २८ गते हराएका तीन बालबालिकाको सोमबार उद्धार गरिएको हो। 

उनीहरूको खोजतलास गर्ने क्रममा भारतको कटिहार र पूर्णिया जिल्लामा फेला परेका हुन्। ५ वर्षीया बालक, ११ वर्षीया बालिका, १४ वर्षका किशोरलाई उद्धार गरिएको बालबालिका खोजतलास प्रदेश समन्वयन केन्द्र (सिपिसिएस) ले जनाएको छ।

उद्धार गरिएका दुई बालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने एक किशोरको परिवार फेला नपरेको हुँदा अस्थायी संरक्षणका लागि सिपिसिएस बेलबारीमा राखिएको छ।

प्रकाशित: Dec 19, 2023| 11:56 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्