शनिबार, भदौ २०, २०८३

चीनमा मध्यराति भूकम्प, सयभन्दा बढीको मृत्यु

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा एक सयभन्दा बढीको मृत्यु भएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले विद्युत, खानेपानी र सडक संरचनाहरू भत्काएको छ र कैयन् भवनहरू भग्नावशेषमा परिणत भएका छन्।

नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ। भूकम्पमा परेका थप मानिसको खोजी जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

अत्यधिक चिसोका कारण पनि मानिसहरूलाई थप कठिनाइ भएको समाचार संस्थाहरूले उल्लेख गरेका छन्। भूकम्प प्रभावित ग्यान्सु प्रान्तमा सोमबार राति तापक्रम माइनस १४ डिग्रीसम्म पुगेको थियो। भूकम्प गएपछि कतिपय मानिसहरू बाक्ला ओड्नेसहित घर बाहिर निस्किएर आगो बालेर बसेका थिए।

प्रकाशित: Dec 19, 2023| 08:39 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्