शनिबार, भदौ २०, २०८३

माली मिसन बन्द भएसँगै सेनाको टोली नेपाल फिर्ता

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- नेपाली सेनाको मालीमा तैनाथ शान्ति सेनाको टोली फिर्ता भएको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले मिसन बन्द गरेपछि शान्ति मिसनमा खटिएका नेपाली सेनाका १५६ जना फिर्ता भएका हुन्।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार सेनानी प्रज्वल थापाको कमान्डमा १५६ जना सैनिक खटिएका थिए । जसमध्ये ५९ जना सोमबार र बाँकी यसअघि नै नेपाल फिर्ता भएका थिए।

थप १६ जना केही दिनमा फिर्ता हुने मुख्यालयले जनाएको छ। 

प्रकाशित: Dec 18, 2023| 17:40 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्