सोमबार, मंसिर २९, २०८२

काठमाडौं उपत्यकाका सडकमा खाल्डाखुल्डी छैनन्: मन्त्री ज्वाला

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी नरहेको दाबी गरेका छन्। ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसका अवसारमा सोमबार आयोजित कार्यक्रममा मन्त्री ज्वालाले मन्त्रालय अन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिएको बताए।

National life

उनले तीनै तहका सरकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माण र पूर्वाधारका क्षेत्रमा अघि बढ्न सकिने बताए। उनले भने, 'तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारका क्षेत्रमा, कृषिको क्षेत्रमा, खानेपानी, फोहोर व्यवस्थापनको क्षेत्रमा, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ।’

तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्ने र त्यसका लागि नेपाल सरकार तयार रहेको उनले बताए। उनले भने, 'काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनाउने कुरा होस्, यी सबै काममा सहकार्य गरेर अघि जाऔं। विकास निर्माणको काममा सहकार्य गर्न हामी तयार छौं। काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डी रहित बनेको छ।’

 

प्रकाशित: Dec 18, 2023| 13:44 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्