सोमबार, मंसिर २९, २०८२

छोरीलाई चिउरी दाइजो दिने चेपाङ यसैबाट आयआर्जन गर्दै

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

चितवन- गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ। कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घ्यू उत्पादन गर्ने गरेका छन्।

National life

जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए। उनले भने, ‘बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ।’

उनले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताए। बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए। उनले एक वर्षमा झण्डै चार मुरी चिउरी टिप्ने गरेको र वर्षभरीलाई पुग्ने गरेको बताए।

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताए। ‘हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ’, उनले भने। बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उनले बताए।

घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रुपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताए। विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रूख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रूख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ। चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2023| 14:02 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्