आइतबार, मंसिर २८, २०८२

स्केच सार्वजनिक गर्दा पनि मृतकको सनाखत भएन

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

चितवन- गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो।

National life

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन। भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ् केन्द्रीय बस टर्मिनल (बसपार्क) सडकखण्डको केरुङगा घोल (खोला)को कल्भर्ट मुनी जुटको बोराभित्र दुईजनाको शव भेटिएको थियो। 

अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो। शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमा समेत समस्या परेको उनले बताए। उनले भने, ‘सनाखत नहुँदा घटनाको दोषिसम्म पुग्न कठीन भएको छ।’

सनाखतका लागि प्रहरीले ७७ जिल्लामा सूचना पठाएको छ। 

प्रकाशित: Dec 18, 2023| 07:59 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्