सोमबार, असार १५, २०८३

रतुवा पुल निर्माणले गति लियो

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

रतुवा खोलामाथि निर्माण हुन लागेको पुलको भौतिक प्रगति ४० प्रतिशत रहेको छ। एकवर्ष अघि यो पुलको पुनः ठेक्का लागेको थियो।

National life

हुलाकी राममार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार  पुलको निर्माण तीव्र गतिमा भइरहेको र चालु आर्थिक वर्षमै सम्पन्न हुनेछ।

डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणसँगै झापा–मोरङ गर्न हुलाकी राजमार्गबाट सहज हुने राईले जानकारी दिए। विसं २०७९ चैतमा तीन वर्ष अर्थात् विसं २०८२ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी रु २१ करोडमा देव एण्ड सायर–समता आशिष सन्दिप जेभीले ठेक्का लिएको थियो।

विगत १५ वर्षअघि निर्माण कार्य अलपत्र पारिएको पुलको झापातर्फ २५ मिटर र मोरङतर्फ ५० मिटर निर्माण गरेसँगै दुई सय ८० मिटरको पुल बन्ने सूचना अधिकारी राईले बताए। यसअघि विसंं २०६४/६५ मा कालिका–ओसिए जेभीले २०५ मिटर निर्माण गरेर अलपत्र अवस्थामा पुललाई छोडेको थियो।

कार्यालयका सूचना अधिकारी राईका अनुसार हुलाकी राजमार्ग अन्तर्गतका झापा खण्डका पुलमध्ये कनकाई नदीको पुल बन्न बाँकी रहेको छ। उनले भने, ‘झापा सडक खण्डका आठ पुलमध्ये छ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई वटा पुलको काम धमाधम भइरहेको छ।’

Shivam cement

कनकाई नदीको पुल भने निर्माणमा ढिलासुस्ती भइरहेको सूचना अधिकारी राईले बताए। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ। सडक निर्माणको काम भने गतवर्ष सकिएको कार्यालयले जनाएको छ।

पूर्व–पश्चिम राममार्गको विकल्पको रुपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माणसँगै कोशी प्रदेशको राजधानी पुग्न दक्षिण झापाका बासिन्दालाई सहज हुनेछ।

हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कूल लम्बाई एक हजार आठ सय ८७ किलोमिटर रहेको छ।    -रासस

प्रकाशित: Dec 18, 2023| 08:41 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्