काठमाडौँ- सरकारले आज सोमबार एक दिने शोक मनाउने भएको छ। कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो।
आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको छ। मन्त्रालयका अनुसार आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।
अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो।