सोमबार, असार २२, २०८३

माघमा हुने डाक्टरको लाइसेन्स परीक्षाका लागि आवेदन खुल्यो

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौ- चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवदेन खुला गरिएको छ।

नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका लागि आजदेखि अनलाइन फारम खोलेको हो।

माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ। परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

प्रकाशित: Dec 18, 2023| 06:56 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्