सोमबार, मंसिर २९, २०८२

ओभरटेक गर्दा दुई ट्याक्टर दुर्घटनामा, चार जनाको मृत्यु

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

 

National life

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तर्गत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरटेक गर्दा दुवै दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टरले एक अर्कोलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको छ भने अर्को सडकको भित्तामा दुर्घटनाग्रस्त भएको छ। सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ। उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा तीन जना पुरूष र एक महिला छन्। मृतकको नाम र ठेगाना आउन बाँकी छ। यस्तै लु ३ त ७३०५ नम्बरको ट्याक्टर पनि दुर्घटना भएर भित्तामा बजारिएको छ। सो ट्याक्टर दुर्घटनामा के कति क्षति भयो भन्नेबारेमा जानकारी प्राप्त हुन बाँकी छ। प्रहरी टोली घटनास्थलमा खटिएको छ र उद्धारको काम गरिरहेको छ।

प्रकाशित: Dec 17, 2023| 19:02 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्