आइतबार, मंसिर २८, २०८२

विद्युत जोडिएपछि फोन गर्न सहज

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ।

National life

माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुने गरेका छन्। हातमा स्मार्ट मोबाइल सेट भए पनि नेटवर्क नै नहुँदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ। यस्तै समस्या झेल्दै आइएकामा अहिले उक्त टावरमा विद्युत जोडिएपछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुने गरेको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए।

यसअघि त्यो टावरमा सोलार प्रणाली जडान हुँदा बिहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुँदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो। वडाध्यक्ष रोकायाले भने, 'टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुन टावरमै विद्युत लाइन पुर्‍याइएपछि सहज भएको छ। अब गाउँमा २४ सै घण्टा टेलिफोन सेवा सञ्चालन हुनेछ।'

समुद्र सतहबाट दुई हजार ८५० मिटर उचाइको हाँकुलाग्ना टावरमा गिडीखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पुर्‍याएपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमवाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायावाडालगायत गाउँमा राति पनि नेटवर्क आउने गरेको स्थानीयवासी प्रेमराज पाण्डेले जानकारी दिए।

१५ लाख रूपैयाँको लागतमा हाँकुलाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिकलाई टेलिफोन पहुँच पुगेको छ। वडा कार्यालयको ६ लाख र सुर्खेतस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको नौ लाख ९६ हजार गरी कुल १५ लाख ९६ हजार रूपैयाँमा टावरमा विद्युत लाइन पुर्‍याइएको हो। उक्त टावरमा समेत फोरजी इन्टरनेट सेवा जडान गरिएको वडाध्यक्ष रोकायाले बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 17, 2023| 21:41 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्