सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रुस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर : मानव अधिकार आयोग

रुस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर : मानव अधिकार आयोग

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ।

National life

आइतबार विज्ञप्ति जारी गर्दै रुस र युक्रेनबीच भइरहेको युद्धका क्रममा नेपालीहरू विभिन्न गैरकानुनी बाटो प्रयोग गरी रुसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको बताउँदै आयोगले दुवैतर्फको सेनामा कार्यरत नेपालीको उद्धार गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो।  

आयोगले नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य रहेकाे बताएकाे छ। 

विज्ञप्तिमा भनिएको छ, ‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यसप्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

प्रकाशित: Dec 17, 2023| 19:02 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्